
काठमाडौं। मर्जरको प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक र किसान लघुवित्तले चैत ९ गतेका लागि साधारण सभा आह्वान गरेका छन् ।
जाल्पा सामुदायिकको साधारण सभा दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ। यता, किसान लघुवित्तको सभा ताज प्यालेस, स्पेशियल चोक गल्फुटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
यी दुवै कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएका छन्। किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एकआपसमा गाभिने सम्बन्धमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने एजेन्डा समेत रहेको छ। साथै, दुवै कम्पनीको सभाले एक आपसमा १ बराबर ०८८३४ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ।
सभा प्रयोजनका लागि किसानले चैत १ गते बुक क्लोज गर्ने जनाएको छ भने जाल्पाको फागुन २४ गते बुक नै क्लोज हुँदैछ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८