काठमाडौँ। सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ परेकी छिन्। आज बुधबार बाह्रबिसे इलाका प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ हो।
उनलाई नियन्त्रणमा लिएर काठमाडौँ महाराजगञ्ज पठाइसकेको बाह्रबिसे इलाका प्रहरी कार्यालयले जनाएको छ।
बाह्रबिसे आएको बेला उनलाई पक्राउ गरिए इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । उनलाई जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेकी थिइन्। पवनले अनुहारमा घाउचोट लिएर पत्रकार सम्मेलन गरेका थिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८