काठमाडौँ। नेपालमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु भएको छ।
नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच नेपाल (भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको हो।
फोनपे क्यूआर लिएका साना तथा मझौला व्यवसाय सञ्चालन गर्ने इसेवा मर्चेन्टहरूलाई हाललाई यो सेवा उपलब्ध भएको इसेवा प्रालिले आफ्नो आधिकारिक ब्लगमार्फत् जानकारी दिएको छ।
अहिलेलाई इसेवा मर्चेन्टहरूले आफ्नो साथमा रहेको फोनपे क्यूआरमा नै भारतीय पर्यटकहरू मार्फत् भारतीय भुक्तानी सेवा प्रदायक प्लेटफर्म भिम (यूपीआई र फोनपेको प्रयोग मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्।
नेपालभरी ४ लाख ५० हजारभन्दा बढी इसेवाका क्यूआर मर्चेन्टहरू रहेका छन्। अहिले बजारको अर्थतन्त्रमा रहेको यो आवश्यकता पूरा गरी मोडर्न डिजिटल अर्थतन्त्र मार्फत दुई देश बीचको दूरीलाई घटाउँदै सुमधुर बनाउनेमा इसेवा विश्वस्त रहेको जानाएको छ।
हाल साना तथा मझौला व्यवसायीहरूलाई स्वचालित रूपमा यो सेवा उपलब्ध गराइएको भए तापनि अन्य व्यवसायीहरूले पनि यो सेवा लिन चाहेमा इसेवालाई सम्पर्क गर्न सकिने छ।
अन्तर्राष्ट्रिय भुक्तानी सेवा अब सुचारु भएसँगै भारतीय पर्यटकहरूलाई नेपालमा क्यूआर कोड मार्फत डिजिटल कारोबारको भुक्तानी गर्नलाई सहज हुने भएको छ। अन्तर्राष्ट्रिय भुक्तानीका लागि सहजता ल्याएसँगै भारतीय नक्कली नोटको प्रयोगबाट व्यवसायीहरू ठगिने क्रममा कमी आउने पनि विश्वास गरिएको छ।
इसेवाले भने आफ्ना मर्चेन्टहरूलाई उनीहरूको व्यवसायका ग्राहकलाई सहजता प्रदान गरी ग्राहकहरूको सन्तुष्टी बढ्ने धारणा राखेको छ।
यसले नगद सटहीको झन्झटबाट व्यवसायीहरूलाई तथा भारतीय ग्राहकहरूलाई नगद तथा चानचुनको झन्झटबाट मुक्त गराउने विश्वास छ। सो सेवा प्रयोग गरेबापत मर्चेन्टहरूलाई प्रति कारोबार निश्चित न्यूनतम सेवा शुल्क भने लाग्ने इसेवाले जनाएको छ।
भारतीय पर्यटकले नेपालमा सहजै डिजिटल भुक्तानी गर्न पाउने भएतापनि अहिलेलाई नेपाली नागरिकले भारतमा सजिलै डिजिटल भुक्तानी भने गर्न पाउने छैनन्। यस सम्बन्धी कार्य भइरहेको र निकट भविष्यमा छिटै आफ्नो आधिकारिक सामाजिक सञ्जालका आधिकारिक पेजमार्फत जानकारी गराउने पनि इसेवाको ब्लगमा उल्लेखित छ।
गत जनवरी १५ मा इसेवाले आफ्नो १५औँ वार्षिकोत्सव मनाउँदै गर्दा वित्तीय समावेशीकारण तथा वित्तीय पहुँचलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय भुक्तानी सेवासँगै अन्य विविध सेवा ल्याउने समेत जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८