
काठमाडौं। पश्चिमी वायु पुनः सक्रिय हुँदा देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ। आज (शुक्रबार) साँझदेखि यो प्रणाली थप सक्रिय हुँदा वर्षाको सम्भावना बढेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझदेखि पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुनेछ। महाशाखाका अनुसार बेलुकी पश्चिमी क्षेत्रबाट बादल प्रवेश गर्ने जनाएको छ।
उनका अनुसार राति गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
शनिबार बागमती लगायत अन्य प्रदेशहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भागमा मौसम मुख्यतया सफा छ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८