काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। पश्चिमी वायुको प्रभावका कारण आज (शनिबार) देशका विभिन्न भागमा वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। कोशी तथा बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी तथा बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेशसहित प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।
यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम, प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। बाँकी उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेशका केही स्थान तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भागका थोरै स्थान तथा सुदूरपश्चिम, कर्णालीमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८