
काठमाडौं। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन्।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी कार्यालयमा आज बिहान पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले वर्तमान सरकारको कार्यकालमा देशमा विकासको काम ठप्प भएर विकास र समृद्धिको यात्रा रोकिएको र जनतामा निराशा छाएको समेत आरोप लगाए।
महासचिव पोखरेलले नेपाली जनतामा छाएको निराशा, भ्रष्टाचारबाट मुक्ति र देशको विकास र समृद्धिका लागि देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सोही कारण एमालेले मिसन २०८४ ल्याएको पनि बताए।
उनले मिसन २०८४ मा एमालेलाई राष्ट्रकै बलियो पार्टी बनाएर प्रत्येक प्रदेशमा समेत एमालेको नेतृत्वमा सरकार बनाउन लागिपर्न समेत जनतासँग आग्रह गरे।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८