काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर एकको खरिद दर १३२ रूपैयाँ ३५ पैसा र बिक्री दर १३२ रूपैयाँ ९५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ १४ पैसा र बिक्री दर १४३ रूपैयाँ ७९ पैसा रहेको छ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २२ पैसा र बिक्री दर १६७ रूपैयाँ ९८ पैसा रहेको छ। त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ०७ पैसा र बिक्री दर ८७ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रूपैयाँ ५० पैसा र बिक्री दर ९७ रूपैयाँ ९४ पैसा रहेको छ।
यसैगरी, जापानिज येन १० को खरिद दर ८ रूपैयाँ ८० पैसा र बिक्री दर ८ रूपैयाँ ८४ पैसा रहेको छ। चाइनिज युयान एकको खरिद दर १८ रूपैयाँ ३९ पैसा र बिक्री दर १८ रूपैयाँ ४७ पैसा रहेको छ।
यसका साथै, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ २९ पैसा र बिक्री दर ३५ रूपैयाँ ४५ पैसा रहेको छ।
युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ०३ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसा रहेको छ। मलेसियन रिंङ्गेट एकको खरिद दर २७ रूपैयाँ ८९ पैसा र बिक्री दर २८ रूपैयाँ ०१ पैसा रहेको नेपाल राष्ट्र बैंङ्कले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८