काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। हाल देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम बर्षा र बाँकी भू-भागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै बाँकी भू-भागका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम बर्षा र बाँकी भू-भागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८