काठमाडौं । आज (आइतबार)सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँ रहेको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ रहेको छ।
यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुन तोलाको १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय ९० रुपैयाँमा करोबार भएको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८