काठमाडौँ । नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुन सुरु भएको छ। अनुमान गरिएको भन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो।
हिउँद सकिए लगतै प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रिमनसुनको समय सुरु भएपश्चात आजको यो पहिलो मौसम बदली हो।
साथै पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली भइरहेको छ। सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको र यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने जनाएको छ।
यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुनेछ। आज राति पश्चिमी भू–भागमा बढी बदली हुने महाशाको अनुमान छ काठमाडौँमा भने आज बिहानैदेखि नै हल्का वर्षा भइरहेको छ।
गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो। हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८