काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७५ हजार ५० कित्ताको संस्थापक शेयर बिक्री गर्न लागेको हो।
कम्पनीले ६० हजार ५० कित्ता विद्यमान संस्थापक शेयरधनीले मात्र र १५ हजार कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो।
त्यसका लागि योग्य लगानीकर्ताहरूले यी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारण शेयरधनीहरूले समेत खरीद गर्न पाउने गरी जारी भएको १५ हजार कित्ता शेयर खरीदका लागि आगामी १५ दिनभित्र र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी जारी भएको ६० हजार ५० कित्ता शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र नै कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट, नवलपरासीमा आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ। विद्यमान संस्थापक शेयरधनीहरूमा जारी भएको शेयर तोकिएको अवधिभि भित्र नबुझाएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८