काठमाडौं। चितवनको शिशु निकेतन विद्यालयको छात्रावासमा मृत भेटिएकी शालीन पोखरेलको पोष्टमार्टम रिपार्टले बलात्कार नभएको पुष्टि गरेको छ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधको कुनै संकेत नभेटिएको हो। प्रहरी स्रोतका अनुसार पोष्टमार्टम रिपोर्टमा उनको बलात्कार नभएको पाइएको हो ।
रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको स्रोतको दाबी छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि पोखरेलले आत्महत्या गरेको देखाएको जनाइएको छ।
गत शनिबार बिहान शिशु निकेतन विद्यालयको छात्रावासमा गोरखाको १४ वर्षीया शालीन पोख्रेलको मृत्यू भएको थियो। उनी रत्ननगर नगरपालिका– १५ माधवपुरस्थित मामाघरमा बसी उक्त विद्यालयको होस्टलमा बस्दै आएकी थिइन्।
पोख्रेलको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो। तर, परिवारले अस्पतालको विश्वास नभएको बताएपछि त्यहाँबाट निकाली प्रहरीको रोहबरमा काठमाडौंमा ल्याएको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८