काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। देशका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको हो।
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकीका पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८