काठमाडौं। प्रभु लाईफ इन्सुरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक नेपाल बिमा समिति र प्रभुको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ। कम्पनीले हाल कायम रहेको १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँ चुक्ता पुँजीमा सो बोनस सेयर घोषणा गरेको हो।
प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ बढी पुग्नेछ। कम्पनीले अघिल्लो वर्ष २०७८–७९ को नाफाबाट भने यसले ६.७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८