काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आगामी चैत १३ गते साधारण सभा डाकेको छ।
सभा अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पेश गर्नेछ।
साथै आ.व. २०७९/८० को नाफा नोक्सान र हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरण, आ.व.२०८०/८१ का लागि लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एजेण्डा समेत रहेको छ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज हुनेछ। तसर्थ, फागुन २९ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८