काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १३२ रूपैयाँ ९३ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ६२ पैसा छ भने बिक्री दर १४४ रूपैयाँ २८ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रूपैयाँ ७० पैसा छ भने बिक्री दर १६८ रूपैयाँ ४६ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ २९ पैसा छ भने बिक्री दर ८६ रूपैयाँ ६८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ २८ पैसा छ भने बिक्री दर ३५ रूपैयाँ ४४ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ २९ पैसा र बिक्री दर ३६ रूपैयाँ ४५ पैसा।
युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ०३ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८