काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज फागुन २२ मंगलबार गते अन्तिम दिन हो।
आज (मंगलबार) बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ। सिंगटी हाइड्रोले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।
जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ। यसमा हकप्रद सेयरको लागि कम्पनीले गत पुस २२ गते नै बुक क्लोज गरिसकेको छ। तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले सेयर दाबी गर्न पाउनेछन् ।
साथै हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ। यस हकप्रद सेयरमा कुमारी क्यापिटल बिक्री प्रबन्धकमा रहेको छ।
सेयरमा कुमारी क्यापिटल र कुमारी बैंकको तोकिएको उपत्यका शाखा र उपत्यका बाहिरका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ। यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८