काठमाडौं । आज साताको तेस्रो दिन (मंगलबार) सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन २२ गते) छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ कायम भएको छ।
यसका साथै, तेजावी सुनको तोलाको १ लाख २२ हजार ४०० रुपैयाँ कायम भएको छ। गत पुस १२ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २१ हजार ४०० रुपैयाँ कायम भएको थियो । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २१ हजार रुपैयाँ कयम भएको थियो। त्यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २० हजार ४०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८