काठमाडौं। सिटिजन लाइफ इन्सोरेन्स कम्पनीको गत माघ १४ गतेको सम्पन्न सातौं साधारणसभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा भएको छ।
इन्सोरेन्सले गत पुष २८ गतेसम्म कायम भएका शेयरधनिहरूको बोनस सेयर खातामा पठाइदिएको हो।
साथै पुष २८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनिहरूको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैंङ्क तथा वित्तिय संस्थाहरूको नाममै रोक्का जनाई शेयरधनिहरूको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेकालाई सम्बन्धित बैङ्क तथा वित्तिय संस्थामा सम्पर्क गरी फुकुवा गर्न समेत इन्सोरेन्स कम्पनीले जानकारी गराएको छ।
सो मितिपश्चात रोक्का राखिएका शेयरधनिहरूको बोनस शेयर शेयरधनिको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुँने हुँदा सम्बन्धित बैङ्क तथा वित्तिय संस्थाले आफ्नोमा ती शेयरधनिहरूको शेयर रोक्का रहे नरहेको बारे यकिन गरी रोक्का राख्नु पर्ने भएमा बोनस शेयर समेत रोक्का राख्न अनुरोध गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८