काठमाडौं। गोर्खाज फाइनान्स लिमिटेडले चैत २ गते वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभा, अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बित्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजेदेखी सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि रहेको छ ।
साथै, पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पेश हुनेछ। सभा प्रयोजनार्थ कम्पनीले गत फागुन १८ गते नै बुक क्लोज गरिसकेको छ। तसर्थ, फागुन १७ गतेसम्म कायम रहेका सेयरधनीहरूले सभामा भाग लिन सक्नेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८