काठमाडौं। निजामती सेवाका कर्मचारीहरुले पनि अब सेयर किन्न पाउने भएका छन्।
हिजो (सोमबार) संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारी सेयर कारोबार गर्न पाउने व्यवस्था गरिएको हो।
विद्येयकको परिच्छेद ९, दफा ८१ मा कम्पनी स्थापना वा सञ्चालन गर्न वा व्यापार व्यवसाय गर्न नहुने भन्ने व्यवस्था छ। सो व्यवस्थामा ‘निजामती कर्मचारीले सरकारको स्वीकृति बिना कुनै पनि बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सञ्चालनको काममा भाग लिन तथा कानून बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार वा व्यवसाय गर्नु हुँदैन। तर खुल्ला बजारबाट सेयर खरिद गर्न वा आधारभूत सेयरधनी नहुने गरी एक प्रतिशत भन्दा कम संस्थापक सेयर खरिद गर्न सकिनेछ’ भन्ने व्यवस्था गरिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८