काठमाडौं । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपास मासु तथा मदिरा बेचबिखनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला-मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला-तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो ।
पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाइ भव्यरूपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभिको सुरक्षालगायत धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।
तोकिएका चारकिल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्णरुपमा रोक लगाइएको बस्नेतले बताए। सूचनाको बर्खिलाप हुनेगरी कुनै पनि काम गरेमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनी कार्यालयले दिएको छ।
यो वर्ष महाशिवरात्रि पर्व फागुन २५ गते (शुक्रबार) परेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८