
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ।
आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ३४ पैसा र बिक्री दर १३२ रूपैयाँ ९४ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ६२ पैसा र बिक्री दर १४४ रूपैयाँ २७ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ८५ पैसा र बिक्री दर १६८ रूपैयाँ ६१ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रूपैयाँ ९४ पैसा र बिक्री दर ८६ रूपैयाँ ३३ पैसा रहेको छ।
त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ २९ पैसा र बिक्री दर ३५ रूपैयाँ ४५ पैसा रहेको छ। साथै कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ २९ पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८