काठमाडौं । गजुरी गाउँपालिका-५ घाटबेसीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ।
६ पुरुष र एक महिला गरी सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।
‘घाइतेहरुको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ’, प्रहरी उपरीक्षक केसीले भने।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन्।
कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बुधबार बिहान त्रिशूली नदीमा खसेको थियो।
बसचालक रूपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८