
काठमाडौं। जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित बजेडी पाटनमा जडिबुटी संकलन गर्न गएको बेला हिउँमा फसेका व्यक्तिहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
तातोपानी ही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीय बासिन्दा फसेका थिए।
फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी पाएपछि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए। हिउँमा फसेका आठैजनाको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ।
पालिका–४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेकालाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारीले बताए।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमा बजेडी पाटनदेखि जुम्ला विमानस्थलसम्म गरी तीन चरणमा उद्धार गरेको हो।
उद्धार गरिएकामध्ये तातोपानी गाउँपालिका–७ का दिया रावत, हरिशोभा रावत, सुशीला रावत, गोरी रावत, जगमती रोकाया र वडानम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८