काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज बिहीबार फागुन २४ गते बस्दैछ।
सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, पोखरा महानगरपालिका–१०, बुद्धचोक, कास्कीमा बिहान ९ बजेबाट सुरु हुनेछ। कम्पनीले लाभांश सम्बन्धी भने प्रस्ताव गरेको छैन ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत रहको छ। सभाले संस्थापक सेयरधनीको तर्फबाट १ जना महिला सञ्चालकको निर्वाचन गर्नेछ ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते नै बुक क्लोज गरिसकेको छ। फागुन १३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागी हुने सक्नेछन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८