काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओ भोलि (फागुन २५ गते) बाँडफाँट हुँदैछ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान १० बजे नक्साल काठमाडौंमा आइपीओ बाँडफाँटको तयारी गरिएको छ।
आइपीओमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन्।
जसमा ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी साढे ९ लाख जनाको हात खाली हुनेछ।
सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि १६ गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, बैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँड गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो। सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८