काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज (आइतबार) बस्ने भएको छ।
बैठक आज दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने मिति समेत तोक्ने बताइएको छ।
गत फागुन १६ गते बुधबार बसेको पार्टीको स्थायी समितिको बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धनको साथले प्रधानमन्त्रीमा निरन्तरता पाएका दाहालले छिट्टै प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा रहेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८