काठमाडौं। नेकपा एकीकृत समाजवादीले १० औं महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ।
पार्टीले केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयमै सिफारिस गरी केन्द्रमा पठाउनका लागि निर्देशन दिएको छ।
सबै कमिटीले सम्बन्धित नेताले संगठनप्रति गरेको योगदान तथा कार्यसम्पादनको मूल्यांकनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्यक्षेत्रका सदस्यलाई बैठक गरी यसको जानकारी गराउनुपर्ने प्रावधान समेत रहेको छ।
गत माघ २५ देखि आगामी चैत २५ गते (दुई महिना) सम्मका लागि महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको छ।
यस अवधिमा पार्टी सदस्य व्यवस्थित तथा विस्तार, संगठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, वितरण गर्न सदस्यता शुल्क, लेबीलाई व्यवस्थित गरिने छ। सो अभियान सफल पार्नका निम्ति पार्टीले सबै कमिटीलाई पत्राचार समेत गरिसकेको जनाइएको छ।
पार्टीले पार्टी सदस्यता विस्तार तथा संगठन सुदृढीकरण गर्न तल्लो तहलाई निर्देशन दिइएको पार्टीले महाधिवेशनमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तभित्र गर्ने सकिने जनाएको छ।
पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजका लागि मातहातका सातवटै प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ।
कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा महाधिवेशनको आह्वान गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८