काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा एकैपटमा गर्ने भएको छ। बैंकले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा चैत २७ गते बोलाएको हो।
सभामा सेयरधनीहरुलाई ३.८% बोनस सेयर र कर प्रयोजनका लागि ०.२०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। साथै, २ वटै आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेन्डा समेत रहेको छ।
सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव छ।
त्यसैगरी, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने प्रस्ताव समेत पेश हुनेछ। सभा प्रयोजनका लागि आगामी चैत ९ गते बुक क्लोज हुनेछ।
यसर्थ, चैत ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् । साधारण सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८