काठमाडौँ। सर्लाहीमा बसले ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन्। कविलासी नगरपालिका–१० स्थित सलेमपुरमा बसले ठक्कर दिँदा साइकल चालक जुगल किशोर महतो घाइते भएका हुन्।
महतोलाई थप उपचारका लागी हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले जाकारी दिएका छन्।
ठक्कर दिएपछि बस स्थानीयले बस जलाउने प्रयास गरेका छन्। घटनास्थलमा तत्काल प्रहरी पुगेर बसमा लगाएको आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले अर्को सवारीको सहयोगमा तानेर ग.२ ख १४४० नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा ल्याएको छ।
बसका चालक फरार छन्। चालकको पहिचान खुलेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८