ललितपुर। ललितपुरको सातदोबाटो देखि चापागाउँ, टिकाभैरव, तीनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्ति लोकपथ आगामी चैत १ गते देखि वैशाख १५ (डेढ महिना) गते सम्मका लागि बन्द हुने भएको छ।
ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि चैत १ गतेदेखि वैशाख १५ सम्म राजमार्ग बन्द गर्न लागिएको हो।
मर्मत सम्भारका लागि काल्चेदेखि बगुवा खण्ड बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ। करिब डेढ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो। चौडा गर्ने क्रममा सडकमाथिका कडा चट्टान कटिङ गर्न ४५ दिन लाग्ने सडक आयोजनाको कार्यालयको अनुमान छ।
विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि अझै निर्माणाधीन अवस्थामै रहेको छ। विसं २०१३ सालमा शिलान्यास गरिएको काठमाडौंलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी नै छ।
कान्ति लोकपथको हेटौँडा बुद्ध चोकदेखि ललितपुरको सातदोबाटोसम्मको लम्बाइ ९२ किलोमिटर छ। ललितपुरको टीकाभैरवदेखि तिनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन हुँदै हेटौँडा पुग्ने सजिलो र छोटो मार्गका रूपमा विकास गरिन लागेको हो।
कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो। यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो। बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो ।
टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ। भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको अवस्था छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८