ललितपुर। ललितपुर महानगरपालिकाले स्वीकृतिविना राखिएका तथा नवीकरण प्रक्रिया नगरी बाँकी रहेका बोर्ड हटाउन निर्देशन दिएको छ। महानगरपालिकाले सूचना जारी गर्दै नहटाए महानगर आफैँले जफत गर्ने चेतावनी दिएको हो।
महानगरपालिकाका अनुसार महानगरपालिका क्षेत्रभित्र कुनै पनि व्यक्ति, संघ, संस्था, कम्पनीबाट विज्ञापन बोर्ड राख्नुपूर्व महानगरपालिकाको स्वीकृति लिई विज्ञापन कर तिर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ र आर्थिक ऐन, २०८० मा व्यवस्था रहेको छ। यसका साथै महानगरपालिकाको अनिवार्य स्वीकृति लिई विज्ञापन बोर्ड राख्नु हुन सूचित गरिन्छ’, सूचनामा उल्लेख छ।
यसैगरी महानगरपालिकाले यस महानगरपालिकाको स्वीकृति लिई विज्ञापन कर तिर्न बाँकी रहेका व्यक्ति, संघ, संस्था, कम्पनीले यो सूचना प्रकाशित भएको मितिले तीस दिनभित्र राजस्व प्रशासन महाशाखामा सम्पर्क गरी आफ्नो बाँकी बक्यौता बुझाउन पनि आग्रह गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८