
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ।
नेपाल र पीएनजीबिचको फाइनल खेल भोली बुधबार विहान ११ः४५ बजे सुरु हुनेछ। त्यसअघि बुधबार विहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
आज (मंगलबार) खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटले सजिलै जित हात पार्दै पीएनजी शृंखलाको फाइनलमा पुगेको हो। टस जिती पहिले ब्याटिङको निणर्य लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन बनाएको थियो।
जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो। पीएनजीलाई दुवै ओपनरले नै जितसम्म डोर्याएका थिए भने पीएनजीका दुवै ओपनरले अर्धशतक बनाए।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८