काठमाडौं । एकीकृत कारोबार पूर्व नेरुडे लघुवित्त वित्तीय संस्था लि. र मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले उच्च व्यवस्थापन सहितको परिचयात्मक अन्तरक्रिया तथा तालिम कार्यक्रम काठमाडौंको होटल एल्लो प्यागोडामा सम्पन्न गरेको छ।
दुबै संस्थाको भोली फागुन ३० गते एकीकृत कारोबार शुरु हुने पूर्व सन्ध्यामा मर्जर पश्चात एक आपसमा सकारात्मक तालमेल मिलाउनको लागि र दुई संस्था एक भए पश्चात झन सवल र सक्षम बन्न के के गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो।
नेरुडे लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण समेत गरेका थिए। कार्यक्रममा सहभागीहरुलाई त्रिभुवन विश्व विद्यालयका प्राध्यापक एवं लघुवित्त विषयमा विद्यावारिधि गरेका प्रशिक्षक डा. भरत सिंह थापाले दुई संस्थाबीच भोलीको दिनमा सम्भावित आइपर्ने चुनौतीहरुलाई कसरी सामना गर्ने तथा अझै कसरी अवसरहरु निकाल्न सकिन्छ भन्ने विषयमा प्रशिक्षित गरेका थिए।
कार्यक्रममा संयुक्त मर्जर कमिटीका संयोजक मणि कुमार अज्र्यालको प्रमुख आतिथ्यतामा भएको अन्तक्रिया तथा तालिम कार्यक्रममा अब नेरुडे मिर्मिरेले नेपालको लघुवित्त क्षेत्रमा अग्रिणी भुमिका निर्वाह गर्दै जानुपर्ने बताए। कार्यक्रमको औचित्यता माथि प्रकाश एवं उपस्थित सहभागिहरुलाई स्वागत मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.का कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले गरेका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८