काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०५ पैसा र बिक्री दर १६९ रुपैयाँ ८१ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८७ रूपैयाँ ४४ पैसा र बिक्री दर ८७ रूपैयाँ ८३ पैसा रहेको छ। क्यानेडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ०५ पैसा र बिक्री दर ९८ रूपैयाँ ५० पैसा रहेको छ। त्यसैगरी, आज सिङ्गापुर डलर एकको खरिद दर ९९ रूपैयाँ ३० पैसा र बिक्री दर ९९ रूपैयाँ ७५ पैसा रहेको छ।
यसका साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको छ। युएई दिराम एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८