काठमाण्डौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी सकिएको जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरेको छ। यस वर्षको एसईई आगामी चैत १५ गते बिहिबार देखि सुरु हुने भएकाले परीक्षाको केन्द्र निर्धारण गरेको हो।
एसईई परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै बोर्डले प्रश्नपत्र छाप्ने काम गरिरहेको र अबको तीन चार दिन भित्रमा सकिने जनाएको छ।
साथै दुर्गम र टाढाका जिल्लाहरूमा प्रश्नपत्र र परीक्षाका लागी आवश्यक सामग्रीहरू पठाई सकिएको र नजिकका जिल्लाका प्रश्नपत्र छपाई भईरहेको बोर्डले जनाएको छ।
त्यसैगरी नयाँ पाठ्यक्रम अनुसार नियमित र पुरानो पाठ्यक्रम अनुसार ग्रेडवृद्धिको परीक्षा सञ्चालन हुने जानकारी दिँदै एउटै समयमा एउटै परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने भएपनि कोठा भने फरक हुने निर्णय भएको छ।
यो वर्ष करिब ४ लाख ८८ हजार जना विद्यार्थीहरू नियमित तर्फ र ७ हजार ग्रेडवृद्धि तर्फ गरी कुल ४ लाख ९५ हजार विद्यार्थीहरूले एसईई परीक्षा दिदै छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८