काठमाडौं। मेरो माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारणसभा माघ २६ गते बस्ने भएको छ। सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव पेश नगर्ने जनाएको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो। सभामा शेयर स्वामित्व परिवर्तन गर्ने एजेन्डा समेत रहेको छ। हाल कम्पनीमा संस्थापक समूहको ६९.४० प्रतिशत र सर्वसाधारण समूहको ३०.४० प्रतिशत हिस्सा कायम रहेको छ।
यसलाई अब परिवर्तन गरेर संस्थापक समूहकको ५९।४० प्रतिशत र सर्वसाधारण समूहको ४०.४० प्रतिशत कायम बनाउने एजेन्डा छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।
आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गते बुक क्लोज गर्ने जनाएको छ। यसर्थ माघ ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।
सभा, सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८