काठमाडौं। कृषि विकास बैंकले सत्रौं वार्षिक साधारण सभा फागुन ३० (आज) गते सम्पन्न गरेको छ।
सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सञ्चालन भएको थियो। सत्रौं बार्षिक साधरणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो।
आज (बुधबार) सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७९–८०को वासलात, नाफा नोक्सान हिसाब लगायतको वित्तीय विवरणहरु स्वीकृत गरेको छ। साथै उक्त साधरण सभामा बक्ताको रुपमा भाग लिएका सेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे।
साधारणसभामा विभिन्न निकाय, संघसंस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक सञ्चालक समितिका सदस्यहरु महेश आचार्य, डा.राजेन्द्र प्रसाद मिश्र, गोविन्द प्रसाद भट्टराई, सञ्जिव पौडेल, विनोद कुमार गुरागाँई र श्रीमति रीता सुवेदीको उपस्थिति रहेको थियो ।
कृषि विकास बैंकले बृहत कार्य सञ्जालद्धारा आफ्ना वस्तु, सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम क्षेत्रहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८