काठमाडौं । सुनको भाउ आज (बिहीबार) ८०० रुपैयाँले बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख २५ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुन तोलाको १ लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो, बुधबार छापावाल सुन १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो। यसअघि, आइतबार, सोमबार र मंगलबार सुन अहिलेसम्मकै उच्च मूल्य प्रतितोला १ लाख २६ हजारमा कारोबार भएको थियो।
यता, आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेर १५ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८