काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) को लागि विनिमयदर सार्वजनिक गरेको छ। भारतीय रुपैैयाँ १०० को खरिद दर १६० रुपैयाँ र विक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २२ पैसा र बिक्री दर १३२ रूपैयाँ ८२ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ६४ पैसा र बिक्री दर १४५ रूपैयाँ ३२ पैसा रहेको छ।
आज कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४२ पैसा रहेको छ। त्यस्तै, आज जापानीज यान दशको खरिद दर ८ रुपैयाँ ९५ पैसा र बिक्री दर ८ रूपैयाँ ९९ पैसा रहेको छ।
युएई दिराम एकको खरिद दर ३६ र बिक्री दर ३६ रूपैयाँ १६ पैसा रहेको छ। मलेसियन रिंगेट एकको खरिदमा २८ रूपैयाँ २२ पैसा र बिक्री दर २८ रूपैयाँ ३४ पैसा रहेको छ।
त्यसैगरी, कुवेती दिनार एकको खरिद दर ४३० रूपैयाँ ४८ पैसा र बिक्री दर ४३२ रूपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८