काटमाडौं। म्यानचेस्टर सिटीले एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार राति इतिहाद रङ्गशालामा भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो। पहिलो हाफको १३ र ३१ औं मिनेटमा सिटीको जितमा बर्नान्डो सिल्भाले दुवै गोल गरे। सिल्भाले १३ औँ मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए।
पेप ग्वार्डिओलाको टोली गत सिजनको च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको ऐतिहासिक ट्रेबल दोहोर्उने होडमा छ।
सिटी एफए कपको इतिहासमा लगातार ६ पटक एफए कपको सेमिफाइनलमा पुग्ने पहिलो टोली हो। सिटी आठ मध्ये सात खेलमा अन्तिम चारमा पुगेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८