काठमाडौँ। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार आदेश दिएको हो।
अदालतले गत शुक्रबारदेखि लागू हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। शुक्रबार काठमाडौँबाट पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले मुद्दा अघि बढाउन विमानबाट रुपन्देही पठाएको थियो।
जीबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रुपन्देहीस्थित सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका थिए। दीपेश उक्त सहकारीका पूर्व कोषाध्यक्ष समेत हुन्। उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८