काठमाडौं। आज (सोमबार) प्रतिनिधिसभाको बैठक बस्दै छ।
बिहान ११ बजे बस्ने बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेस गर्ने र आगामी बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल गर्ने सम्भावित कार्यसूची छ।
हिजो बैठकका लागि यी दुई विषय कार्यसूचीमा राखिए पनि सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यसूचीमा प्रवेश नगरी आजसम्मका लागि स्थगित भएको थियो।
तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्ने सम्भावना कम छ। यद्यपि कांग्रेसले संसदमा अवरोध गर्ने आफ्नो चाहना नभएको समेत बताएको छ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गर्दै केही दिनयता निरन्तर संसद अवरुद्ध गर्दै आएको छ।
आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भने नरोक्ने कांग्रेसले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८