काठमाडौं। बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
घटनास्थलमै ७ जनाको मृत्यु भएको छ भने अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।
दुर्घटनामा मृत्यु भएकाको शव सङ्कलन भइरहेको छ भने मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।
मृतकको सनाखत हुन नसकेको प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ। रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं को बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो।
घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको र दुईजनाको अवस्था सामान्य रहेको प्रहरी प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।
प्रहरीका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ। घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेको उद्धार गरेर अस्पताल पठाइएको छ भने अहिले घटनास्थलमै शव सङ्कलन गर्ने क्रम जारी रहेको र घाइतेमध्ये अधिकांशको अवस्था ‘क्रिटिकल’ रहेको जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८