काठमाडौं। पछिल्लो वर्षमा अवासीय कर्जा बढ्न थालेको छ। बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने व्यक्तिगत आवासीय घर कर्जा पछिल्लो समय उल्लेख्य रुपमा बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाले ३२ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा दिएका छन्। यो गत आ.व. को माघ मसान्तसम्मको तुलनामा भने ३ दशमलव ५३ गुणा बढी हो।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो कर्जा गत आ.व.को सोही अवधिको तुलनामा २५३ दशमलव ४३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सात महिनामा बैंकको ९ अर्ब २० करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।
अहिले सहज रूपमा कर्जा प्रवाह हुन थालेपछि नै २ करोडसम्मको व्यक्तिगत घर कर्जा उल्लेख्य मात्रामा बढेको हो। यता, बैंक तथा वित्तीय संस्थाहरूले नै घर कर्जा लगानी बढाउन कै लागि विभिन्न स्किम समेत ल्याएका छन्। विशेषगरी सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन एक किसिमको प्रतिस्पर्धा नै रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८