काठमाडौं। माछापुच्छ्रे बैंकले पोखरामा हालैसालै उद्घाटन भएका बिग मार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ। बैंकका ग्राहकले डेविड अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा छुट दिन लागेको हो।
बैंकले ग्राहकले डेविड कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १०५ वा बढीमा रु २०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको अवस्थामा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको हो।
यो क्यासब्याक बिग मार्टका निम्न शाखामा उपलब्ध छ, रामबजार, पर्स्याइ, बगर, शितलादेवी, र फूलबारी। माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायीक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ।
यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ। साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम् डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८