काठमाडौं। महालक्ष्मी विकास बैंकले सौराहामा दुई दिने कार्यशाला गोष्ठी तथा सेमिनार सम्पन्न गरेको छ।
बैंकले संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्द्रीय कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा नेतृत्व/सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता नामक दुई दिने गोष्ठी/सेमिनार सम्पन्न गरेको हो।
सेमिनारमा अर्थतन्त्रमा देखिएको मन्दी र नकारात्मकताबीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सवालमा छलफल भएको बैंकले जनाएको छ। अहिलेको अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवाप्रदान गर्न सबै तहका कर्मचारीहरुको सामुहिक प्रयत्न आवश्यक रहने निष्कर्ष सहित सेमिनार सम्पन्न भएको छ।
साथै आर्थिक वर्ष २०८०/८१ अन्तर्गत बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा समेत छलफल भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८