काठमाडौं। १ दिनमै बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा १ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेका छन्।
बैंक तथा वित्तीय संस्थाले चैत ४ गते आइतबार मात्रै ९१ अर्ब ७० करोड रुपैयाँ निक्षेप राखेका हुन्। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप जम्मा गर्न थालेका छन्।
गत फागुन १ गतेबाट केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएको थियो। सो सुविधा ल्याएपछि हालसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा ६ खर्ब ५८ अर्ब निक्षेप राखिसकेका छन्।
बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमै उक्त निक्षेप जम्मा गरेका हुन्। स्थायी निक्षेप संकलन सुविधा मार्फत बैंकहरुले लगानी गरेर आफूसँग बाँकी रहेको सबै रकम राष्ट्र बैंकमा राख्न सक्छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८