काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विधुतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ।
सो ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा लिन सकिनेछ ।
कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर रहेको छ। न्यूनतम सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विधुतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइरहेका ग्रहाकहरुलाई यस योजनाले लाभान्वीत गर्ने बैंकले विश्वास लिएको छ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन।
ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउदै आइरहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८